|

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीलाई संघीय सरकारलाई ओभरटेक गर्न खोजे दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। उनले भने, ‘मुख्यमन्त्री ज्यू तपाई संघलाई ओभरटेक गर्न खोज्दै हुनुहुन्छ, यदि ओभरेटक गर्न थाल्नु भो भने गल्ती हुन्छ, मुख्यमन्त्री ज्यु! मुख्यमन्त्रीज्युलाई भन्न चाहन्छु तपाई ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटना हुन्छ, दुर्घटना ननिम्त्याऊँ, तपाईंको मागप्रति म गम्भीर छु, प्रहरी, कर्मचारी चाहिएकै छ, प्रदेश २ मा र अन्य ७ वटै प्रदेशमा चाहिएको छ, त्यसका लागि हामी संवेदनशिल छौँ।‘

प्रदेश २ का मुख्यममन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेश सरकारलाई असहयोग गरेको तथा प्रहरी ऐन तथा पाँच हजार कर्मचारीको ठाउँमा २५० कर्मचारी मात्र पठाएकोले अब करारमा कर्मचारी भर्ना गर्ने ऐन ल्याउने भनेपछि प्रचण्डले त्यसको जवाफमा प्रचण्डले संघलाई ओभरटेक गर्न खोजे दुर्घटनामा फस्ने चेतावनी दिएका हुन्।

प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मधेशी, दलित, जनजाति, उत्पीडित जनताको अधिकारका निमित्त एकताको बलमा सुरु गरेको समृद्धको यात्रामा संविधान संशोधनका निमित्त प्रक्रिया अगाडि बढाएको बताए। उनले विगतमा समेत संविधान संशोधनको प्रक्रिया आफूले अगाडि बढाएको तर सफल हुन नसकेको स्वीकार गर्दै अब दुई तिहाई बहुमतको सरकारबाट मधेशी जनताको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

प्रचण्डले भने, ‘एकथरी मानिसहरू प्रदेशहरू निकम्मा भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरू छन्। संघीयता असफल भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरू छन। हिजोका राजामहाराजा भन्नुस् वा हिजो संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधी भएर उचिन्नेहरू अहिले पनि असफल भइदिए खुशी मनाउनेहरू छन् तर तपाई हामी लडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेका छौँ, त्यसलाई स्थापितसमेत गर्छौँ र सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याएरै छोड्छौँ।’

अध्यक्ष प्रचण्डले प्रदेश २ को विकासमा क्रान्तिकारी भूमिका खेल्ने तथा मधेशी जनताको आत्मसम्मानका निमित्त जनयुद्धको नेतृत्व गरेको र उपयुक्त समयमा संविधान संशोधनको निमित्त अगाडि बढने बताए। काठमाडौं निर्माण पहाडका मानिसले मात्र नभई मधेशी जनताको रगत र पसिना बगाएकोले आज कसैले मधेशलाई अलग बनाउन खोजे मधेशी जनतासँग ठूलो धोका हुने बताए।

अध्यक्ष प्रचण्डले पार्टी एकतापछि देश नयाँ युगमा प्रवेश गरेको बताउँदै अहिलेको आवश्यकता भनेको समृद्धि, विकास समाजवादी क्रान्ति भएकोले पाइसकेको अधिकारलाई संस्थागत गर्दै संविधानलाई परिमार्जन गर्दै विकासको दिशामा अगाडि बढनुपर्नेमा जोड दिए। उनले प्रदेश २ लाई सरकारले विशेष ध्यान दिएको र अबको एक दशकमा नयाँ गतिसहित समृद्ध हुने बताए। उनले सिके राउततर्फ ईङिकत गर्दै देशलाई विखण्डनको पछि नलग्न, अतिवादको पछि नलाग्नसमेत आग्रह गरे। 

नेकपाका महासचिव विष्णु पौडेलले मुख्यमन्त्री राउततर्फ ईङिकत गर्दै संघीय सरकारतर्फ फर्किएर गाली गर्नुभन्दा विकास र समृद्धि तर्फ ध्यान दिन आवश्यक रहेको बताए। उनले भने, संघीय सरकारलाई गाली हुँदैन्। बरू विकास र समृद्धिको मुद्दालाई अगाडि बढाउनुनस् । संघीय सरकारलाई प्रदेश सरकारले र प्रदेश सरकारलाई स्थानीय सरकारले गाली गर्नुभन्दा एक अर्काको पूरक भएर काम गर्नुस्। एकले अर्कोलाई दुश्मन सम्झनुभन्दा देशमो रहेको व्याप्त गरिबी, अशिक्षा तथा संघर्षको निमित्त लडाइँ गर्नुस्।’

महासचिव पौडेलले प्रदेश सरकारसंग मिलेर देश विकास गर्ने भएकोले एक अर्कासंग मिलेर विकास गर्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकार शत्रु संघ सरकार र प्रदेश सरकार शत्रु संघ सरकार नभएको बताउँदै यस प्रदेशको मुख्य शत्रु गरिबी, पछौटेपन, अशिक्षा अज्ञानता  र अविकास भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.