|

पर्सा : लामो समयदेखि अवैध ढंगले नेपालतर्फ संचालन गरिरहेको भारतीय नम्बर प्लेटको बुलेरो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। खुल्ला सीमाको फाइदा उठाउँदै भंसार अनुमतिपत्रसमेत नलिई नेपाल तर्फ चलाउँदै आएको बी.आर.९ जी.४५४६ नम्बरको बुलेरो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

चालिस दिनभन्दा बढी समयसम्म पनि भंसारमा अनुमतिपत्र नलिई नेपालमा नै राखी चलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको राजश्व तथा भंसार गस्ती गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक बहादुर खड्काले बताए।

यो सँगै भंसार छली चोरी पैठारी भएका विभिन्न सामान र चोरी पैठारीमा प्रयोग भएको भारतीय नम्बर प्लेट बी.आर. २२ के.२२६२ भएको हिरोहोण्डा मोटरसाइकल र नेपाली नम्बरको ना.१६ प ९९७३ नम्बरको मोटरसाइकल पनि भंसार गस्ती गुल्मको टोलीले नियन्त्रणमा लिएको राजश्व तथा भंसार गस्ती गुल्मपति खड्काको भनाइ छ। अवैध चोरी पैठारी भएका सामानहरूमा सिफन साडी, हार्डवेयरका पार्टस, बच्चाका कपडा, बिस्कुट, अचार, लसुन जस्ता खाद्यान्नका सामान र मरिचलगायत पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

बुलेरो गाडी, दुईवटा मोटरसाइकलसहित कुल २४ लाख मूल्य बराबरको सामान मंगलबार नै वीरगन्ज भंसार कार्यालयमा बुझाइएको राजश्व तथा भंसार गस्ती गुल्मले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.