|

दमौली : हत्या अभियोगमा फरार रहेका एक व्यक्तिलाई मंगलबार प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ। 

तनहुँको बन्दीपुर गाउँपालिका ६ धरमपानी स्थायी घर भई व्यास नगरपालिका १ तालघरे बस्ने सागर परियार दमौलीबाट पक्राउ परेका हुन्। विसं २०५९ माघ ९ गते राति व्यास नगरपालिका ११ बस्ने तिलबहादुर परियारलाई फलामको रडले हानेर घाइते बनाएको अभियोगमा सागर फरार थिए। घाइते तिलबहादुरको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो।

सो घटनामा संलग्न बाबुराम परियार र सुवी परियार भने सोही समयमा पक्राउ परेका थिए। दुवै पुर्पक्षका लागि थुनामा छन्। निजलाई कानुनबमोजिम कारवाहीका लागि अदालत पेश गर्नुपर्नेमा कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहेकाले खुलेकै दिन पेश गरिने प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.