|
प्रतीकात्मक फोटो

अर्घाखाँची : यात्रुबाहक जिप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाबाट गुल्मीको भनभने जाँदै गरेको लु १ ज ३५०३ यात्रुबाहक जिप मगंलबार साँझ दुर्घटना हुँदा ३५ वर्षीय गाडी चालक शेरबहादुर थापाको मृत्यु भएको हो।

जिप दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानाकारी दिए। जिपमा सवार अन्य १४ जना यात्रु भने सकुल रहेको जनाइएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.