|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले सिंहदरबार गाउँगाउँमा पुगेको भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति कटाक्ष गर्दै सिंहदरबार गाउँमा आए पनि सिंहहरू अहिलेसम्म दरबारको पर्खालभन्दा बाहिर आउन नसकेको बताएका छन्। नेकपा प्रदेश २ को दशैँ, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासोसमेत गरे।

मुख्यमन्त्री राउतले भने, ‘आजको कार्यक्रममार्फत् संघीय सरकारको नाराअनुरूप ‘समृद्ध नेपाली र सुखी नेपाल’को सपना पूर्ति होस् भन्ने शुभकामना दिन चाहन्छु तर, मात्र शुभकामना दिएर सुख र समृद्ध हुन सक्दैन् यसलाई व्यवहारमा कार्यान्वयन गरिनु आवश्यक छ।’

उनले संविधानको धारामा टेकेर प्रदेश २ को सरकारले प्रदेश प्रहरी ऐन ल्याएको दाबी गर्दै उनले यसलाई सहयोग गर्नका निमित्त संघीय सरकारले सक्दो चाँडो संघीय प्रहरी ऐन ल्याओस् भन्ने आफ्नो चाहना रहेको बताए। ‘संविधान प्रदतः अधिकार प्राप्त गर्नका लागि प्रदेश सरकारले छिटै लोकसेवा ऐन, निजामति सेवा ऐनसमेत ल्याउने तयारीमा रहेको छ’, मुख्यमन्त्री राउतले भने, ‘त्यसैले संघीय सरकारले पनि ऐनहरू ल्याउन विलम्ब नगरोस् भन्ने अनुरोध छ।’

नेकपा अध्यक्ष दाहाल सहभागी कार्यक्रममा उनले प्रश्न गरे, ‘प्रदेश २ मा पाँच हजार कर्मचारीको आवश्यकता छ। मात्र अढाई सय कर्मचारी पठाउँदा विकास र समृद्धि कसरी सफल हुन सक्छ?, यदि संघीय सरकारले हाम्रो आवश्यकता बमोजिम कर्मचारी परिपूर्ति गरेन् भने हामी करारमा भर्ना प्रकृया सुरु गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.