|

डडेल्धुरा : परशुराम नगरपालिकाको कार्यालय सार्ने विषयमा विवाद चुलिएको छ। नगरपालिकाको आफ्नै भवनको निर्माण कार्य सम्पन्न भएपछि नयाँ भवनमा दैनिक कामकाज गर्ने गरी कार्यालय सार्ने विषयमा विवाद भएको हो। 

असोज २५ मा बसेको कार्यपालिका बैठकमा बहुमत सदस्यहरु कार्यालय सार्ने पक्षमा उभिएका थिए। नगरप्रमुख भीमबहादुर साउदले कार्यालय सार्ने निर्णयका विषयमा भवन पूर्ण रुपमा तयार भइनसकेकाले सम्पूर्ण पूर्वाधार निर्माण भइसकेपछि मात्रै कार्यालयको व्यवस्थापन हुने दाबी गरेका छन्। नगरप्रमुख साउदले उपलब्ध भवन र जमिनको भोगाधिकार पूर्ण रुपमा पाएपछि उक्त भवनमा जाने बताए।

नगरपालिकाका बहुमत कार्यपालिका सदस्य, नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय नेता तथा सर्वसाधरणले परशुराम नगरपालिकाको कार्यालय तत्काल सार्नुपर्ने दवाब सिर्जना गर्दै हात र टाउकोमा कालो पट्टी बाँधी नाराबाजी गरिरहेका छन्। 

यसैबीच मंगलबार पनि जोगबुडा बजारमा नेकपाको आयोजनामा र्‍याली निकाली बजार परिक्रमा गरिएको छ। जोगबुढा रहेको नगरपालिकालाई नयाँ बनेको भवनमा सार्नुपर्ने र लिखित निर्णय गर्नुपर्ने भन्दै नेकपा कार्यकर्ता र जनप्रतिनिधिहरुले दवाव दिँदै आएका छन्। 

आन्दोलनका कारण स्थानीय जोगबुडा बजार पूर्ण रुपमा बन्द भएको छ। आन्दोलनले उग्ररुप लिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, नेकपाका नेता गजेन्द्र शाही, नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिमका प्रदेशसभा सांसद कर्णबहादुर मल्ललगायतको टोली विवाद समाधानका लागि परशुराम नगरपालिका गएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.