|

मनाङ : यतिवेला आन्तरिक पर्यटकले खचाखच भएको छ मनाङ।  दशैँ सकिएलगत्तै वैदेशिक पर्यटकसँगै आन्तरिक पर्यटकको आकर्षण बनेको यस जिल्लामा दैनिक ३ सय बाह्य  पर्यटक भित्रिएका छन् भने दैनिक ४० देखि ५० जनाको हाराहारीमा आन्तरिक पर्यटक भित्रिएको धारापानी चेक पोष्टले जनाएको छ।

 चेक पोष्टका अनुसार बाह्य पर्यटकको यकिन तथ्यांक भए पनि आन्तरिक पर्यटकको यकिन तथ्यांक छैन। गत वर्ष करिब १० देखि १२ जना र आन्तरिक पर्यटक मनाङ भित्रिएको  अन्नपूर्ण संरक्षण क्षेत्रको दाबी रहेको छ। यस वर्ष १५ देखि २० हजार आन्तरिक पर्यटक मनाङ भित्रने जिल्ला पर्यटन व्यावसायका अध्यक्ष विनोद गुरुङले बताए। 

विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल अग्ला हिमशृंखलाको अवलोकन गर्न आन्तरिक पर्यटकहरुले मनाङ आउने गरेको पाइन्छ। केही वर्षा अगाडि विशेष गरी वैदेशिक पर्यटक र थोरै मात्र नेपाली पर्यटकले अवलोकन गर्ने गरे पनि गत वर्षबाट नेपाली पर्यटकको चहलपहल बढेको हो।

आन्तरिक पर्यटकले भरिभराउ हुनु पर्यटन प्रवर्द्धदनका लागि दीर्घाकालीन विकासको  थालनी मानिन्छ। मनाङमा रहेका हिमताल, झरना र नजिकै रहेका हिमशृंखलाले आफ्नो मन लोभ्‍याएको पर्यटकको भनाइ छ। मनाङको ड्रोना खोलामा ०७२ मा निर्माण गरिएको दक्षिण एसियाकै अग्लो र विश्वकै पाँचौँ नम्बरमा पर्ने प्राविधिकहरूको दाबी  छ। खोलाको पानीको सतहदेखि ४ सय १२ मिटर उचाइमा रहेको पुल १ सय ३५ मिटर लामो छ।

त्यस्तै,  (४९१९)  मिटर उचाइमा रहेको तिलिचो ताल सिजनको सुरुवातसँगै  अन्नपूर्ण पदमार्गमा तिलिचो ताल जाने  आउने आन्तरिक तथा बाह्य पर्यटकरूको चाप बढेको हो। यस जिल्लाको नेस्याङ गाउँपालिका-९ मा पर्ने यो तालसम्म  जान  माथिल्‍लो मनाङ खांसरबाट करिब ८ घन्टामा तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ। बाटोभरी हिउँ र बढी ल्यान्डसाइड हुने हुँदा अलि कठिन भएको  पोखराकी मीना थापाले बताइन्।

त्यस्तै, अनुभव आफूले गरेको बताउँछन् हेटौँडाका  मिलन धिताल। हिउँले ताल भरिएकोले वास्तविक ताल देख्न नपाए पनि हिउँमा हिँडेको पहिलो अनुभव भएको काठमाडौंबाट आएका विनोद थापाले बताए। तिलिचो भ्यु पोइन्टबाट अवलोकन गर्ने र यहाँ वरिपरिका हिमतालहरु तिलोचो हिमाल, निलगिरि जस्ता हिमालहरू र त्यसका हिमनदीनजिकैबाट निहाल्दै रमाएको वैदेशिक पर्यटक  म्यारिनाले बताइन्। खांसर श्रीखर्क र तिलिचो बेसक्याम्‍पका होटल भरिभराउ भएका छन्। 

आकर्षणको केन्द्रमा रहेका तिलिचो ताल अग्लो झोलुङे पुल र स्याउ फार्म हुन्। अग्ला हिमशृंखला, थोरङला पास, लार्के पासलगायत रीतिरीवाज भेषभूषा र यहाँका गुम्बा छोर्तेन महत्वपूर्ण रहेका छन्। चर्चित तारे गुम्बा, पोचो गुम्बा, मिलेरेपा केभले मनाङको परिचय दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.