|

सुर्खेत : कर्णाली प्रदेशका तीन वटा जिल्ला कार्यक्षेत्र रहनेगरी सुर्खेतमा स्वास्थ्य कार्यालय स्थापना भएको छ। 

सुर्खेतको वीरेन्द्रनगरस्थित साविकको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको एक भवनमा स्थापना गरिएको स्वास्थ्य कार्यालयको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बुधबार उद्घाटन गरे।

कार्यालयको सुर्खेतसहित जाजरकोट र दैलेख जिल्ला कार्यक्षेत्र हुनेछ। स्वास्थ्य कार्यालय उद्घाटनगर्दै मन्त्री रावलले जनताको नैसर्गिक अधिकार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य कार्यालयको भूमीका महत्वपूर्ण हुने बताए।

स्वास्थ्य शिक्षा जस्ता नागरिकका नैसर्गिक अधिकार प्रति प्रदेश सरकार गम्भिर भएको भन्दै मन्त्री रावलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयको महत्वपूर्ण  सहयोग विश्वास व्यक्त गरे। मन्त्री रावलले कर्मचारीहरु स्थायी सरकारले भएकाले प्रभावकारी सेवाका लागि तत्पर भएर लाग्न निर्देशन दिए। कार्यालयले तीनवटै जिल्लाको आधारभूत स्वास्थ्य सेवा, प्राविधिक सहयोग र व्यवस्थापकीय काम हेर्ने कार्यालय प्रमुख धिरजंग जानकारी दिए। कार्यालयमा प्रशासक सहित १४ जनाको दरबन्दी रहने छ।

योसंगै कर्णाली प्रदेशका दश जिल्लामा छ वटा स्वास्थ्य कार्यालय स्थापना हुनेछन्। यसअघि पश्चिम रुकुम र सल्यान हेर्नेगरी सल्यानमा र  जुम्ला र कालिकोट हेर्नेगरी जुम्लामा कार्यालय स्थापना भैसकेका छन्। डोल्पा, हुम्ला र मुगुमा हरेक जिल्लामा छुट्टा–छुटै कार्यालय स्थापना हुन बाँकी रहेको प्रदेश स्वास्थ्य कार्यालयका सिनियर अहेब अमर रानाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.