|

जनकपुरधाम : महोत्तरीको औरही नगरपालिका १ की ८ महिने शिशुलाई अपहरण पश्चात बलात्कार गरी हत्या गरेका अभियुक्त दुई महिनापछि प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा बालिका खेलाउन लग्छु भनी अपहरण गर्ने महोत्तरी भंगाहा नगरपालिका ६ जमुनियाका २५ वर्षीय भरत साह रहेका छन्। 

अभियुक्त साहलाई सप्तरी र सुनसरीको सीमा सप्तकोसी पुलबाट प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको हो। अभियुक्त साहलाई सुनसरीबाट गत आइतबार नै महोत्तरी झिकाइएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले जनाए। विगत दुई महिना देखि महोत्तरी तथा धनुषा सहित सिमावर्ती क्षेत्रमा साहको खोजी गरिएपनि उनी फेला पार्न सकेका थिएनन् । 

औरही बजार चौकमा बालिकाकी आमा ईन्देश चौधरीले संचालन गरेको सिद्धान्त फेन्सी स्टोर्सबाट ८ महिने बालिकाको भदौ १० मा साँझ ६ बजे खेलाउने बहानामा अपरण गरिएको थियो। बालिका अपहरण गरेको प्रमाण चौधरीको पसलमा रहेको सीसीटीभी फुटेजको आधारमा उनको खोजी गर्दै आएको थियो। अभियुक्तले बालिकालाई अपहरण गरेर बलत्कारपछि हत्या गरेर फालेको अवस्थामा भदौ ११ गते अपरान्ह भंगाहा नगरपालिका ७ स्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको थियो ।

प्रहरीका अनुसार अपहरणकै दिन अबोध दुधे शिशुसँग दुष्कर्म गरेर हत्या गरेको अभियुक्त साहले स्वीकार गरिसकेको प्रहरी उपरिक्षक कार्कीले जनाए। उनले भने, ‘अभियुक्तले शिशुलाई करणी पछि हत्या गरेको स्वीकार ग¥यो । साहमाथि अपहरण, जबरजस्ती करणी र हत्या मुद्दा चलाइएको छ ।’ घटना लगतै अभियुक्त साह खेतैखेत फरार भएर भारतमा लुकेर बस्दै आएका थिए। अभियुक्त साहको युवा पुस्ताले फोटो पोष्ट गर्दै सर्च अभियन नै संचालन गरेको भएपनि उनी पक्राउ पर्न सकेका थिएनन्। सोही क्रममा गत शनिबार सुनसरी प्रहरीले आरोपी साहलाई चेकजाँचको क्रममा पक्राउ ग¥यो। सप्तरीबाट सुनसरी तर्फ आउँदै गरेको युवक साहलाई कोसी गाउँपालिका ८ बाट मदिराले मातिएको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको थियो।

प्रहरीलाई यसरी लाग्यो शंका 

महोत्तरीको भंगहा प्रहरी चौकीमा केहि महिना अघि ईन्चार्जको रुपमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरी चौकीमा कार्यरत रहेको र उनकै टोलीले हत्यारा भरत साललाई पक्राउ गरेको हो। घटनाबारे उनलाई थाहा थियो।

अभियुक्तलाई प्रहरीले सोधपुछको क्रममा  सितापुरको वडा अध्यक्ष र उनको बुवाको नाम सोधे पछि युवकले वडा अध्यक्ष नाम चौठी महतो र आफ्नो बुवाको नाम पलट साह रहेको बताए। त्यसपछि भण्टावारी प्रहरी चौकी असई साहले सितापुर भंगहा ६ हतिसर्वाका वडा अध्यक्ष समेत रहेका चौठी महतोलाई सम्पर्क गरेर पलट साहको छोराको नाम सोधेर उही मानिस भएको पुष्टपछि प्रहरीले उनलाई पछ्यार समात्यो।

अभियुक्त भनिएका ती युवकको तस्बिर वडा अध्यक्ष चौठी महतोको म्यासेन्जरमा पठाएर भरत साह रहेको पुष्टि ग¥यो। सुनसरीका भण्टावारी प्रहरी चौकी इन्चार्ज साहले जिल्ला प्रहरी सुनसरी र महोत्तरी प्रहरीमा समेत पुष्टिको लागि म्योसेन्जरमा तस्बिर पठाएपछि पक्राउ परेका युवकले नाम ढाटेको र उनै शिशु सोनाली चौधरीको अपहरण वलात्कार हत्या घटनामा संलग्न रहेको पुष्टि भएको थियो। 

यसरी अज्नाम दियो घटना 

गत भदौ १० गते मैले औरही बजारमै मदिरा सेवन ग¥यो। बाजेको श्राद्ध भएकोले एक सैलुनमा तालु खौरीएर टोपी किन्न ईन्द्रेश चौधरीको पसल पुगे। बालिका खेलिरहेको देखेर एकछिन बालिकालाई खेलाउने बहानामै उठाएर गाउँ भन्दा पर जंगलतिर लगे। झण्डै २ घण्टापछि बालिकालाई काखी च्यापदै सुनसान ठाउँको खोजीमा जंगल पुगे। सुनसान ठाउँमा लगेर शिशुसंग जवरजस्ती गर्न थालेपछि शिशु रुन थालेपछि मुख र घाँटी थुनेको केही बेरमै वच्चाको मृत्यु भएको अभियुक्त साहले आफ्नो बयानमा भनेका छन्।

सोही दिन मृत बच्चालाई त्यही छाडेर नजिकैको गुलरिया चौकबाट वस बढेर भारतको सितामढी भागे। एक महिनासम्म घर बनाउने काममा काम गरेर बसे। बालिकाको आफन्तहरु सितामढीसम्म आफुलाई खोज्दै आएको थाहा पाए पछि भारतको दरभंगा भागे। सोही क्रममा भण्टावारी स्थित कोसीमा मेला मेला हेर्न आएको थिए। त्यही क्रममा प्रहरीले पक्राउ ग¥यो । मदिरा सेवन गरेकै सुरमो ती वालिकालाई अपहरण गरी बलात्कार गर्दा सोही क्रममा वालिकाको मृत्यु हुनु पुगेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक कार्कीले जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.