|
प्रतीकात्मक तस्वीर

दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ भुवाटाकुरा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा चालक नरेश भनेर चिनिने नन्दबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ। भे १ त ३५४२ नम्बरको ट्याक्टर सडकदेखि १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टरमा सवार चालक शाहीकी बहिनी १९ वर्षीया मनिषा शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुर प्रसाद पोखरेलले बताए। चामुण्डा उच्चमाविको भवन निर्माणको लागि बालुवा ल्याउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो।

बिहीबार बेलुकी करिब साढे पाँच बजेतिर भएको उक्त दुर्घटनाको कारण खुल्न सकेको छैन। घाइते मनिषाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.