|

इनरुवा : सुनसरीको धरान उपमहानगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थसहित  तीनजनालाई बिहीबार नियन्त्रणमा लिएको छ।

भारत पूर्णियाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरविन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए। 

१० लाख रुपैयाँ बराबरको २१ बोरा पटका, झिरझिरे, आतिसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ। 

यसैगरी इनरुवा–३ बाट एक लाख ५० हजार रुपैयाँ बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट  तीन लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतिसबाजी बरामद गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले  जानकारी दिए

इनरुवाबाट एक लाख ५० हजार बराबरको चार बोरा र लौकहीबाट सोही परिणाम बराबरको विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.