'निर्मला हत्याकाण्ड, वाइडबडी विमान र सुन काण्डमा सरकार चुक्यो'

|

बुटवल :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको व्यक्तिवादी सोचकै कारण नेपाली कांग्रेस पार्टी सशक्त हुन नसकेको बताएका छन्। बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापतिको व्यक्तिवादी सोचकै कारण पार्टी शसक्त हुन नसकेको बताए।

‘संसद्मा लगातार बोल्न नसक्ने किन संसदीय दलको नेता हुनुपर्‍यो, उनले भने, 'मैले भनेकै थिएँ, तपाईं कि त अलि बोल्नुस्, होइन भने दलको नेता नबन्नुस्, उहाँले मान्नुभएन।’ नेतृत्व नै गतिलो नभएकाले पार्टीले शसक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको भन्दै उनले सच्चिन आग्रह गरे।

‘मुलुकमा अहिले केही पनि काम हुन सकेको छैन, चुनाव जितेका नेता जनतामाझ पुग्न नसक्ने अवस्था छ, उनले भने, 'सरकारको कडा आलोचना भइरहेको अवस्थामा प्रतिपक्षले संसद्मा कडा कुरा राख्दैन, हाम्रा सभापति मौन धारण गरेर बस्नुहुन्छ, उहाँले २ घण्टा लगातार बोलेर सबै कुरा बाहिर ल्याउने हो भने यो सरकार कहाँ पुग्छ?’

पार्टी सभापति देउवाले सरकारको आलोचना गर्न नसकेकै कारण सरकारले मनपरी गरेको नेता भण्डारीले बताए। निर्मला हत्या काण्ड, वाइडबडी विमान र सुन काण्ड लगायतका विषयमा सरकार चुकेको भन्दै कांग्रेस नेतृत्वले यसका विरुद्धमा अभियान चलाउनुपर्नेतर्फ सोच्न आग्रह गरे।

महँगी र करको भार बढाउने काम मात्रै सरकारले गरेको भन्दै उनले जनताले कर तिरेको महसुस गर्ने गरी कार्य अगाडि बढाउन सरकारले नसकेको उनको भनाइ छ। मुख्यमन्त्रीहरु शहर केन्द्रित भएको भन्दै उनले गाउँ पुगेर जनताका कुरा सुन्न आग्रह गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.