|

दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ भुवाटाकुरा भन्ने स्थानमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा घाइते थप एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक नरेश भनेर चिनिने २९ वर्षे नन्दबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा घाइते १९ वर्षे मनीषा शाहीको उपचार गर्न सुर्खेततर्फ जाँदै गर्दा बिहीबार राती रानिमत्ता भन्ने स्थानमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुर प्रसाद पोखरेलले जानकारी दिएका छन्।

भे१त ३५४२ नम्बरको उक्त ट्रयाक्टर सडकदेखि १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। चामुण्डा उच्च माविको भवन निर्माणको लागि बालुवा ल्याउँदै गरेको ट्याक्टर बिहीबार साँझ ५:३० बजे दुर्घटना भएको थियो। 

दैलेखमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.