|

काठमाडौं : भारतका राष्ट्रपति प्रणव मुखर्जीले नयाँ संविधान कार्यान्वयनका क्रममा असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्न सुझाएका छन्।

बिहीबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले भारतले संविधान कार्यान्वयनका क्रममा सबैलाई समेटेर अघि बढेको हेर्न चाहेको बताए।

सरकार संविधान संशोधनको तयारीमा लागिरहेकै बेला नेपाल भ्रमण आएका मुखर्जीले भने, ‘नेपालले संविधान कार्यान्वयन गरिरहँदा सबै पक्षलाई समेटेर अघि बढेको हेर्न चाहन्छु।’ 

नेपाल र भारतबीचको सम्बन्ध गहिरो र बलियो भएको उनले बताए। मुखर्जीले दुई देशको जस्तो सार्वभौम सम्बन्ध संसारमै नभएको दाबी गरे। काठमाडौं नेपालको राजधानी मात्रै नभएर राजनीतिक केन्द्र र हिन्दु धर्मालम्बीहरुको आध्यात्मिक केन्द्र भएको उनको भनाई थियो।

नेपालको विकास निर्माणका हरेक प्रक्रियामा भारतको साथ र सहयोग रहने उनले बताए। उनले भारतको उदयिमान अर्थतन्त्रबाट लाभ लिन नेपाललाई सुझाव दिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.