|
प्रतीकात्मक तस्वीर

सुनसरी : इटहरी उपमहानगरपालिका १० मा १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना युवकलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक डिएसपी शिव श्रेष्ठले बताए।

पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय रवीन बिक रहेका छन्। बिकले बुधबार राति तिहारको लागि लक्षित गरेर डान्स सिक्न गएकी ती बालिकामाथि बलात्कार गरेको प्रहरीको भनाइ छ। बिकलाई स्थानीयको सहयोगमा घटनास्थलबाटै पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।

अचेत अवस्थामा उद्धार गरिएकी बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइ स्वास्थ्य परीक्षण गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.