|

सुनसरी : आयोजक इटहरी क्रिकेट एकेडेमी र जिएचसीए काठमाडाैं  तेस्राे अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार सम्पन्न खेलमा विराटनगरमाथि ४ रनको रोमाञ्चक जित हात पार्दै इटहरी समूह 'क' को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो।

लगातार दोस्राे पराजय व्यहोरेको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ। यस्तै काठमाडाैं समूह 'क' बाटै उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ।इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४६ रनको स्कोर खडा गरेको थियो।

जारी प्रतियोगितामा लगातार दोस्राे जित हात पार्ने क्रममा इटहरीका लागि गौतम शर्माले सर्वाधिक ५३ रन बनाउँदा राज थापाले नटआउट ४६ रन बनाए। यस्तै रितेश रायले १३ रन जोडे। बलिङतर्फ विराटनगरका रेवती यादवले ४ विकेट लिए। जवाफमा १४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भएपछि गत वर्षको विजेता विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।

विराटनगरका लागी राजन मगरले सर्वाधिक ५३ रन बनाएभने रेवती यादवले ४२, सचित शर्माले २१ र दिपेश कँडेलले १२ रन बनाए। बलिङतर्फ इटहरीका भुपाल लुइटेलले २ तथा म्यान अफ द म्याच राज थापा र बिकल्प आचार्यले १-१ विकेट लिए। आगामी सोमबारसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार र ट्रफी पाउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.