|

काठमाडौंः नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। चियापानका पाहुनालाई प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्ने कार्यक्रम थियो।

प्रधानमन्त्री ओली अचानक बिरामी परेपछि उनी कार्यक्रममा जान नसकेका हुन्। रुघाखोकी, ज्वरो र भाइरलका कारण ओली कार्यक्रममा उपस्थित हुन नसकेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए। कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य भने उपस्थित थिइन्।

चियापान अहिले जारी छ। कार्यक्रममा नेकपा नेताका अलवा भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी, कांग्रेस नेता अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ सहभागी थिए। 

नेकपाको चियापानमा कांग्रेस सभापति देउवा सहभागी 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.