|

मैथिली रंगमञ्चमा जनकपुर क्षेत्रको विशिष्ट स्थान छ। त्यसो त मैथिली नाटकको शुरुवात मिथिला क्षेत्रमै कर्णाटक वंशीय राजाहरूले शासन गरेको समयमम नै मैथिली नाटको परम्परा सुरु भएको मानिन्छ।

कर्णाटक वंशाीय राजाहरूपछि मल्ल र सेनवंशी राजाहरूले समेत मैथिली नाटक एकदमै चाख लिएर हेर्ने गरेको बताइन्छ। मैथिली नाटकको रुपमे पहिलो पटक ज्योतिरीश्वर ठाकुरद्वारा लिखित नाटक ‘धूर्त समागम’ मञ्चन भएको मानिन्छ। जुन १४ औं शताब्दीमा मञ्चन भएको थियो। मैथिली नाटकको इतिहास यति धेरै पुरानो भए पनि यसको आधुनिकताको डोरी जनकपुरधामसँग जोडिएको छ।

मैथिली आधुनिक नाटकको शुरुवात पण्डित जीवनाथ झाद्वारा लिखित नाटक ‘दुर्गाविजय’ बाट प्रारम्भ भएको मानिन्छ। यो नाटकको मञ्चन वि.सं २०१५ सालमा भएको थियो। जुन मैथिलीको पहिलो आधुनिक नाटक बन्यो। भारतबाट जनकपुर आएका पण्डित झा लामो समयसम्म अध्यापन गर्दै मिथिला र मैथिली रंगमञ्चको लागि काम गरेका थिए। यिनका अतिरिक्त नाटककारहरू लालदास, मुंसी रघुनन्दन दास, हर्षनाथ झा, तेजनाथ झा, त्रिलोचननाथ मिश्र, आनन्द झा, ठाकुर प्रसाद झा, शम्भुनाथ झा, शिवाकान्त ठाकुर, दामोदर झा, डा. बज्रकिशोर वर्मा, राधाकृष्ण चौधरी, गोविन्द झा लगायत मैथिली रंगमञ्चको लागि नाटकहरू लेखेका थिए। 

आधुनिककालमा मैथिली नाटकको लेखन उत्साहपूर्ण रहे पनि नाटक मञ्चनको कामले गति लिन सकेको थिएन्। २०१३ सालमे वासुदेव ठाकुरको सत्यनारायण भगवान मैथिली नाटक धनुषाको लोहनामे मञ्चन भेएको थियो। सोही समयमा दशमी, दिपावली र छठिपर्वको मात्र नाटक मञ्चन हुने गरेको थियो। त्यो पनि अधिकांश हिन्दी भाषामा ! तर जब जनकपुरमा वि.सं.२०३६ सालमै मिथिला नाट्यकला परिषद्को स्थापना पश्चात् मैथिली रंगमञ्चमा कायापलट भयो।

मिथिला नाट्यकला परिषद् (मिनाप) सुरुदेखि नै आफनो भाषिक आन्दोलनसंगै रंगमञ्च, संगीत, साहित्य, नृत्य र मैथिली भाषासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए। मैथिली नाटकको प्रगतिको पथमा मिनाप माइलस्टोन सावित भयो। सुरुवाती अवस्था अर्थात प्रारम्भमा भारतीय नाटककारहरूले मैथिली नाटक मञ्चन गर्दै आएका थिए। तर पछि महेन्द्र मलंगियाद्वारा लिखित मौलिक मैथिली नाटक मिनापले मञ्चन गर्न थाल्यो। धनुषाकै वभनगामास्थित कन्टिर झा माध्यमिक विद्यालयमा वर्षाैंसम्म अध्यापन पेशामा लागेका मलंगिया मिनापमा स्थापनाकाबाटै आबद्ध रहेका थिए। उनै मलंगियाले मिनापको नाटकहरूको निर्देशन गरेर गतिशीलता कायम गरेका थिए।

पहिलोपटक उनले नाटक ‘लक्ष्मणरेखा खण्डित’ लेखेका थिए।  मिनापको अतिरिक्त मैथिली रंगमञ्चको विकासमा जनकपुर क्षेत्रको युनाप, रामानन्द युवा क्लब, आकृति नाट्य समूह, रंग दर्पण लगायतको संघ संस्थाहरूले समेत ठुलो योगदान पुर्‍याए, र आज मिथिला नाट्य क्षेत्रको आफ्नै महत्व छ। धनुषाको देउरी परवाहामा रामरेखा पण्डित, रमेश रञ्जनसंग मिलेर वि.सं.२०४२ सालमा युवा नाट्यकला परिषदको स्थापना गरेका थिए।

युनापले ‘देह पर कोठी खसादिअ, फटफटिया काका, काठक लोक, पुस जाढ कि माघ जाढ, ओरिजनल काम’ लगायत दर्जनौँ नाटक मञ्चन गरिसकेका छन्। २०५० सालमे जनकपुरमा स्थापित रामानन्द युवा क्लब समेत धेरै मैथिली नाटकहरु मञ्चन गरेका छन्। वि.सं. २०४९ सालमे स्थापना भएको आकृति नाट्य समूहले एकदमै धेरै चर्चा पाउन सफल भएका थिए। तर यो नाट्यसमूह अबको जिवित न रहे पनि एसको मैथिली रंगमञ्चमा पुर्‍याएको योगदानलाई विर्सन सकिन्न।

आकृति नाट्य समूहले ‘एकटा आओर वसन्त, पेटक खातिर, महिषासुर मुर्दावाद, आदर्श कुटुम्ब जस्ता नाटकहरू यो संस्थाले मञ्चन गरेर धेरै चर्चा पाएका थिए।यसरी कूल मिलाएर भन्ने हो भने मैथिली रंगमञ्चको विकासमा जनकपुरको नाट्य समूहको अविष्मरणीय भूमिका रहँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.