|

बारा : इलाका प्रहरी कार्यालय निजगढले दुई दिनमा ठूलो परिमाणमा पटाका बरामद गरेको छ। करिब दुई लाख ८५ हजार मूल्य बराबरको ६ बोरा पटाका बरामद भएको हो।

पूर्व-पश्चिम राजमार्गको बाराको निजगढ–११ काटघाट प्रवेश गर्ने बाटोबाट वेवारिसे अवस्थामा शनिबार २ बोरा र शुक्रबार ४ बोरा पटाका बरामद गरेको प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए। तस्करीहरू भने पक्राउ परेका छैनन्। प्रहरीलाई देखेर तस्करहरू फरार भएको प्रहरीले जनाएको छ। ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पटाका तथा अन्य विष्फोटक पदार्थ ओसारपसारमा संलग्नलाई विस्फोटक पदार्थ ऐनअनुसार कारवाही गर्ने कानुनी व्यवस्था रहेको छ। तिहारका समयमा यस्ता विस्फोटक पदार्थ ओसारपसारका घटना हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.