|
फाइल तस्बिर

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।

शनिबार पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ। हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा नेपाल प्रहरीका पूर्व एआइजी किरण गौतम, पनौतीका प्रदीप बोगटी, सीताराम हुमागार्इँ र शुसील भण्डारी घाइते भएका छन्। घाइतेमध्ये गौतमको अवस्था गम्भीर छ। घाइतेलाई धुलिखेल अस्पतालमा ल्याइएको छ।

शनिबार अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ।

दुर्घटनामा उनका श्रीमान् मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.