|

जनकपुरधाम : धनुषामा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीकी २४ वर्षीय रुवी ठाकुरको श्रीमान्को कुटाइबाट मृत्यु भएको हो।

शुक्रबार साँझ ७ बजे श्रीमान् संजय यादवले श्रीमती रुवीलाई कुटपिट गरेर वेहोस् भएको अवस्थामा छाडेर भागेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषा महेन्द्रनगरले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी श्रीमतिलाई छाडेर डाक्टर बोलाउन गएका श्रीमान् संजयले डाक्टरलाई बोलाएर बेपत्ता भएको तथा घरमै उपचारको क्रममा मृत्यु हुन गएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले बताए।

स्थानीयबासीका अनुसार विगत तीन दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको र सोही क्रममा संजयले रुवीलाई कुटपिट तथा यातनाबाट उनको मृत्यु भएका हो। यता रुवीका माइती पक्षले आफ्नो छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या गरेको छिमेकीहरूलाई उद्दृत गर्दै दावी गरेको छन्।

धनुषाको मिथिला विहारी नगरपालिका ७ तारापट्टी सिरसिया बस्ने रामप्रगास ठाकुरकी छोरी रुवीको ६ वर्षअघि सामाजिक परम्पराअनुसार आफ्नै जातमा सर्लाहीको कविलासाका संजय ठाकुरसँग विवाह भएको थियो। तर त्यसको एकवर्ष नवित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका संजय यादवसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन्। सोही कारण रुवीको माइतसँग सम्बन्ध चिसिएको र जावत–आजतसमेत बन्द भएका बेलामा रुवीको हत्या भएको मृतकका भाइ विनोद ठाकुरले बताए।

भाइ विनोदले संजय यादव पैसाका लागि गलत प्रवृतिका काम गर्दै आएको र सोही क्रममा दिदीले आफ्नो सुन बेचेर राखेको पैसा लिन कुटपिट तथा यातना दिँदै आएको आरोप छ। संजय ट्रक चालक रहेको र विहे भएकै बेलादेखि संजयले बेलाबेलामा रुवीलाई कुटपीट गर्दै आएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

शवलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको र फरार श्रीमान्को खोजी कार्य तिव्र बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मृतक रुवीका दुई वर्षीया एक छोरी रहेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.