|

चितवन : दुर्लभ वन्यजन्तुको संख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको संख्या बढाउने र व्यवस्थापन गर्ने काममा निकुञ्ज लागेको छ। निकुञ्जले यसवर्ष ७६ वटा पोखरी नयाँ निर्माण र व्यवस्थापनमा बजेट विनियोजन गरेको छ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार ताल निर्माण र संरक्षणका लागि  एक करोड ६१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। जसबाट पानी पोखरी निर्माण, मर्मत सम्हार गरिँदै छ। हाल निकुञ्जमा ६३ वटा पोखरी रहेका छन्।

गत आर्थिक वर्षमा तीन वटा र अघिल्लो आर्थिक वर्षमा दुईवटा नयाँ पोखरी निर्माण गरिएको थियो। उनकाअनुसार पोखरी व्यवस्थापन गर्दा त्यहाँ थिग्रिएका गेग्रान हटाउने, मिचाहा प्रजातिका झार झिक्ने, पानी बाहिर बगेको भए ड्याम लगाउने जस्ता काम गर्नुपर्ने हुन्छ।पोखरीमा बाघको आहारा प्रजातिले पानी पिउने, बाघले पौडी खेल्ने, गैंँडा र हात्तीले आहाल खेल्ने गर्दछन्।

निकुञ्जमा रहेका सबै वन्यजन्तुको लागि पानी आवश्यक पर्दछ। निकुञ्जमा लामि ताल, देवी ताल, तमोर ताल जस्ता ठूला पर्यटकीय महत्व बोकेका ताल पनि रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.