|

बारा : बाराबाट भारततर्फ डिजल तस्करी भईरहेको खुलासा भएको छ। प्रहरीले शनिबार मोटरसाईकलमा लोड गरि भारततर्फ लैजाँदै गरेको अवस्थामा डिजेल बरामद् गरेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढले सिम्रौनगढ नगरपालिका–७ कोहलपुर टोलस्थितमा नेपालबाट भारततर्फ बीआर ०५ डि १९६८ नम्बरको मोटरसाईकल र साईकलमा डिजल लोड गरी लगिरहेको अवस्थामा डिजेल बरामद् गरेको हो। प्रहरीले अन्दाजी एक सय १५ लिटर डिजल र सहित मोटरसाईकल र साईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए।प्रहरी गस्ति टोलीलाई देखी मोटरसाईकल र साईकलमा लोड गरिएको अवस्थामा डिजलसहित छाडी चालक फरार भएको प्रहरीले जनाएको छ।

अवैध मदिरा भट्टी नष्ट

बाराको प्रसौनी गाउपालिका–२ प्रसौनी टोलबाट अवैध मदिरा भट्टी नष्ट गरेको छ। स्थानीय सागर पटेल र जितेन्द्र पटेलले अवैध रुपमा संचालन गरेको दुई वटा मदिरा भट्टी र तीन हजार लिटर कच्चा पदार्थ नष्ट गरेको प्रहरीले जनाएको छ। त्यस्तै जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित आधाभार जंगलबाट दुई सय ४० लिटर तयारी मदिरा बरामद गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.