|

काठमाडौं : नेकपाले  शनिबार  भृकुटीमण्डपमा दशैं, तिहार तथा छठ को अवसरमा अायोजना गरेको चियापान कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएर जाने भनिए पनि अन्तिमा समयमा कार्यक्रममा जान सकेनन्।

चियापान समारोहमा  सहभागी पाहुनालाई प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्ने  भनिएको भए पनि प्रधानमन्त्री ओली आकास्मिक बिरामी भएको भन्दै अन्तिम समयमा उपस्थित हुन सकेनन्।

रुघाखोकी, ज्वरो र भाइरल जस्ता सिजनल फ्लुका कारण ओली कार्यक्रममा उपस्थित हुन सकेनन्। यता भृकुटिमण्डपमा चियापान कार्यक्रम चलिरहदा प्रधानमन्त्री ओली भने सुटुक्क शिक्षण अस्पतालमा उपचारको लागि पुगेका थिए। अस्पताल पुगेपछि सुरुमा प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गराएरै उपचार गर्ने योजना बनाइए पनि प्रारम्भिक उपचारमा अस्पतालमानै बसेर उपचार गर्नु भन्दा निवासमा नै आराम गर्न उचित हुने भन्दै ओली बालुवाटार फर्किए। हाल प्रधानमन्त्री ओली बालुवाटार निवासमानै आराम गरिरहेका छन्।

क्याविनेट चिकित्सक तथा प्रधानमन्त्रीको उपचारमा संलग्न हुदै आएका डा. दिलिप शर्माका अनुसार सामान्य ज्वरो र रुघाखोकीले गर्दा सामान्य बिरामी भएका कारण अहिले उनी घरमै आराम गरिरहेका छन्। उनले भने 'प्रधानमन्त्री ओली सामान्य रुघाखोकी र भाइरल ज्वरोको कारण सामान्य बिरामी हुनुहुन्छ जसले गर्दा उहाँ अहिले घरमानै आराम गरिरहनु भएको छ। प्रधानमन्त्रीलाई विस्तारै सन्चो हुँदै गएको छ उहाँलाई  एक साता अझै आराम गर्नु पर्छ।‘

खास के बिरामी छन् प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको मृगौलाले काम गर्न छोडेपछि ११ वर्ष  अगाडि भारतको एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण  गरिएको थियो।  मिर्गौला प्रत्यारोपणपछि ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्। मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूलाई दिइने रोगप्रतिरोधात्कम क्षमता बढाइने औषधि प्रधानमन्त्रीलाई खुवाइँदै आइएको छ। मिर्गौला प्रत्यारोपणपछि उनको स्वास्थ्य जाँच शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ चिकित्सक प्रा‍.डा. दिव्या सिंहले गर्दै आइरहेकी छन्। हाल डा. सिंह विदेश यात्रामा छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.