|

सुनसरी : आयोजक इटहरी क्रिकेट एकेडेमी र प्रदेश २ तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी नजिक पुगेका छन्। आइतबार सम्पन्न सेमिफाइनल खेलहरूमा जित हात पार्दै इटहरी र प्रदेश २ उपाधी नजिक पुगेका हुन्।

आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटहरीले धनगढीमाथि २ विकेटको संघर्षपूर्ण जित निकाल्यो। इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरको खेलमा १८.४ बल खेल्दै सबै विकेट गुमाउदै १०९ रनको योगफल खडा गरेको थियो।

धनगढीका लागी लोकेश बमले ५२ रन बनाउदा रिदय बिहारीले २० र विपिन रावलले १२ रन बनाए। बलिङतर्फ इटहरीका विकल्प आचार्य र निशान महतले ३–३ विकेट लिए। यस्तै भुपाल लुइटेलले २ तथा राज थापाले १ विकेट लिए।

११० रनको जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा लक्ष्य भेटायो।

जारी प्रतियोगितामा यसअघि लिग चरणका खेलमा लगातार दोस्रो जित हात पारिसकेको इटहरीका लागि म्यान अफ द म्याच गौतम शर्माले सर्वाधिक ४२ रन बनाउदा अंकित सुबेदीले २० र अलफाज मन्सुरीले १८ रन बनाए। बलिङतर्फ धनगढीका सागर भण्डारी, नरेन्द्र साउद, शेर मल्ल, सिफटन अन्सारी र लोकेश बमले एक एक विकेट लिए।

यस्तै आइतबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा प्रदेश २ ले जीएचसीए काठमाडौंलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै इटहरीसँगको उपाधी भिडन्त पक्का गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १५ ओभर खेल्दै ७६ रनको योगफल खडा गरेको थियो।

जवाफमा ७७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले १० ओभर खेल्दै १ विकेटको क्षतिमा सहज जित निकाल्न सफल भयो। सो खेलको म्यान अफ द म्याच प्रदेश २ का रवि शाह घोषित भए। प्रतियोगिताको उपाधी भीडन्त सोमबार हुनेछ। विजेताले नगद एक लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँ र ट्रफी पाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.