|
प्रतीकात्मक फोटो

रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिका –१ रुँघामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७९ वर्षीय मालबहादुर शाही रहेका छन्।

बिरामी भएकोले उपचारका लागि मोटरसाइकलको पछाडि बसालेर घरबाट त्रिवेणी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मोटरसाइकल दुर्घटना भएर शाहीको घटनास्थलमै मृत्यु भएको त्रिवेणी गाउँपालिका –२ का वडाध्यक्ष शोभाराम बोहराले जानकारी दिए। मोटरसाइकल चालक त्रिवेणी गाउँपालिका–१ कै ३५ वर्षीय तिलकजंग मल्ल नियन्त्रणमा रहेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.