|

काठमाडौं : प्रधानमन्त्री ओली तीनदिनसम्म अस्पतालमै बस्नुपर्ने भएको छ। 

छातीमा संक्रमण र शरिरमा चिनीको मात्रा कम भएपछि टिचिङ अस्पताल पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई तीन दिनसम्म अस्पतालमै राखिने भएको हो।

दशैंलगत्तै बिरामी परेका प्रधानमन्त्री ओली गत शुक्रबारदेखि गम्भिर विरामी परेको प्रधानमन्त्रीको उपचारमा सम्लग्न डाक्टर दिव्या सिंहले बताइन्। उनले भनिन्, ‘अहिले उहाँलाई ज्वरो भने छैन्, खोकी लगातार लागिरहेको छ, त्यसैले अहिले एन्टिवायोटिक र इन्सुलिसन चलाइएको छ, केहिदिन अस्पतालमै राख्नुपर्ने भएको छ।’

शुक्रबारबाट बिरामी परेका ओली शनिबार पार्टीले आयोजना गरेको चियापानमा पनि सहभागी हुन सकेनन्। त्यसपछि आइतबारको मन्त्रीपरिषद्मा भने सहभागी भएका ओलीलाई सोमबार विहानै अस्पताल लगिएको थियो।

अाेलीकाे अवस्था बुझ्न पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.