|

पोखरा : नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा। तालैतालको शहर, सुन्दर वातावरण अनि उत्तरतर्फ मिलेर बसेका सेतै टलक्क टल्किने हिमालले देशी तथा विदेशी पर्यटकहरूलाई तानिरहेको छ।

अहिले घुमघामको सिजन सुरु भएको छ। पोखरा र आसपास क्षेत्रको मौसम सफा भएको छ। त्यसैले यो पोखरा घुम्न आउनेका लागि उत्तम समय भएको छ। यति बेला आन्तरिक तथा बाह्य पर्यटकहरूले नजिकैबाट हिमाल नियाल्न सक्नेछन्। प्याराग्लाइडिङको उडान पनि भर्न सक्नेछन्। नेपालमै पहिलो पटक आइसिसीले मान्यता दिएको पोखरा प्रिमियर लिग पनि चलिरहेको छ अहिले। 

सराङकोटको डाँडाले बिहानै झुल्कने घाम, साँझ अस्ताउने घाम र प्याराग्लाइडिङ उडाउन पर्यटकहरूलाई कुरिरहेझैँ लाग्छ।

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.