|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन्। 

मंगलबारर बिहान अस्पतालले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको र रिपाेर्ट पनि सकारात्मक रहेको अस्पतालले जनाएको हो। प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमीले भने, ‘उहाँको अवस्थामा उल्लेख्य सुधार आएको छ। ब्रेकफास्ट खानुभयो, दाह्री काटेर चट्ट पर्नुभएको छ। यस्तै सुधार भए केही दिनमा हामी उहाँलाई बालुवाटार फर्काउँछौँ।’

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा कांग्रेस सभापित एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सोमबार अस्पताल पुगेर प्रधानमन्त्री अोलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत मंगलबार बिहान अस्पताल पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.