|

काठमाडौं : आफूमाथि भएको यौन हिंसाबारे विश्वभरका महिलाहरूले 'ह्यासट्याग मी टू' ( #MeToo ) अभियान चलाए। चलचित्र तथा सार्वजनिक क्षेत्रमा काम गर्ने महिलाहरूले आफूमाथि भएका यौन हिंसा मी टू अभियानमार्फत सार्वजनिक गर्दैआएका छन्।

पछिल्लो समय भारतीय चलचित्र उद्योग बलिउड र त्यहाँको राजनीति तथा पत्रकारितामा पनि यसले तहल्का मच्चायो। यसैका कारण कतिपय कलाकारले कामबाट हट्नुपर्‍यो भने पूर्वपत्रकार रहेका भारतका एक मन्त्रीले पद नै गुमाउनुपर्‍यो। नेपालमा पनि महिलाहरू आफूमाथि भएका यौन हिंसाबारे मी टू अभियान मार्फत सार्वजनिक गरिरहेका छन् र बहसको विषय बनिरहेको छ।

यसै विषयलाई सिंगिङ रियालिटी शो नेपाल आइडल र प्रशारण गर्ने टिभी एपीवान एचडीले माफी माग्नुपरेको छ। नेपाल आइडलकी प्रस्तोता तथा कलाकार रीमा विश्वकर्मा र हास्य कलाकार सन्दीप क्षत्रीबीचको संवादका कारण नेपाल आइडल र एपीवान टिभीले माफी मागेको हो।

अन्नपूर्ण मिडिया नेटवर्क सबै प्रकारका यौन हिंसा/दुर्व्यवहारको सदैव विरोध गर्छ । गत बिहिबार नेपाल आइडलको एपिसोडमा आगन्तुक कलाकार सन्दीप क्षेत्रीसँगको प्रहसन संवादमा #MeToo शब्दावलीको प्रयोग आपत्तिजनक लागेकोमा नेपाल आइडल टीम तथा एपीवान क्षमायाचना गर्दछ । @Annapurna_Post

— AP1 TV News (@AP1TV_Official) October 30, 2018

गत बिहीबार प्रशारण भएको नेपाल आइडलको एपिसोडमा कलाकार सन्दीप क्षत्री पनि बोलाइएका थिए। उक्त एपिसोडमा सन्दीपले रीमालाई अंगालो मार्न खोज्दा ठट्यौली पारामा रीमाले #MeToo भनेर अस्वीकार गरेकी थिइन्। त्यसपछि सन्दीपले मी थ्री र अर्का प्रस्तोता आसिफ शाहले मी फोर अनि सन्दीपले मी फाइभ भनेका थिए।

मी टू मार्फत विश्वभरका महिलाहरूले आफूमाथि भएका यौन हिंसाका घटना सार्वजनिक गरेर दोषीलाई कारबाही भइरहेका बेला उक्त अभियानलाई नकरात्मक रूपमा प्रस्तुत गरिएको भन्दै सामाजिक संजालमा नेपाल आइडल, एपीवान तथा त्यस्तो बोल्ने कलाकारको आलोचना भएको थियो। आलोचना बढ्दै गएपछि नेपाल आइडल र एपीवानले माफी मागेको हो।

रीमा र सन्दीपको संवाद भएको नेपाल आइडलको एपीसोड:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.