सरकारको ब्याउने अनि तुहिने क्रम जारी छ
पीडितलाई आएको राहत कुहिने क्रम जारी छ
नेताहरू आलोपालो बनाउँदैछन् महल तर
जनताको खरको छानो चुहिने क्रम जारी छ
भाषणमा जति भने पनि जातपात छैन
वास्तविकता अझै पनि छुइने क्रम जारी छ
इतिहासको हवालामा सार्वभौम भने पनि
वर्षौंदेखि शक्तिसामु नुहिने क्रम जारी छ
खै बनेको कानुन बलात्कारी ठेगान लगाउने?
आमा, दिदी, बहिनी, भाउजु रुइने क्रम जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।