|

बुटवल : रुपन्देहीमा जुवा खेलिरहेका १३ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको सुख्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १३ जना जुवाडे पक्राउ परेका हुन्। ट्राफिकचोकबाट ३ लाख ९४ हजार नगदसहित चार जना पक्राउ परेका छन्। कालिकानगरको खालबाट ८२ हजार र सुख्खानगरको खालबाट ५४ हजार नगदसहित जुवाडे पक्राउ परेका हुन्।

बुटवल ४ को झिमा होटलबाट बुटवल– ४ का लोकनाथ न्यौपाने, बुटवल ११ का टिका क्षेत्री, बुटवल ७ का राजाराम यादव र बगनासकाली पाल्पाका रामप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। त्यस्तै बुटवलको कालिकानगरस्थित कुशुम खड्काको घरबाट चार जना पक्राउ परेका छन्। खड्कासहित बुटवल ११ कै मुक्त थापा, गुल्मी रुरु ४ का रेशम खड्का, तिलोत्तमा–३ का रामचन्द्र गौतम पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

सुख्खानगरबाट ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ। जनप्रतिनिधि समेत पक्राउ परेको बताइए पनि प्रहरीले नाम खुलाएको छैन। प्रहरीले सूचनाका आधारमा जुवाखालमा छापा मारेको इलाका प्रहरी कार्यालयका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.