|

बुटवल : बुटवलमा छ महिनादेखि भण्डारण गरेर राखेको ३०० किलो अस्वस्थकर मासु नष्ट गरिएको छ। बुटवल इँटाभट्टामा रहेको कुरैसी मासु पसलमा जिल्ला अनुगमन टोलीले अनुगमन गर्दा तीनवटा डिप फ्रिजमा राखिएको खसी-बोकाका खुट्टा, टाउको र भुँडी बरामद गरेको हो।

वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायका अनुसार मासु पसलबाट २२८ किलो खुट्टा, ७४ किलो टाउको र आठ किलो भुँडी बरामद भएको हो।

बुटवलमा नेपाली सेना, नेपाल प्रहरी र ठूला होटलहरूमा मासु आपूर्ति गर्दै आएको कुरैसी मासु पसलले जाडो याममा माग बढ्ने भन्दै लुकाएर राखेको हुनसक्ने रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।

बरामद भएको मासु नष्ट गरिएको छ भने मासु पसलमा सिल गरिएको छ। मासु पसल संचालकलाई उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.