|

काठमाडौं : फिल्म ‘वीर विक्रम २’को ‌औपचारिक निर्माण घोषणा गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। मिलन चाम्सको निर्देशनमा बन्ने यस फिल्ममा वर्षा सिवाकोटी, आकाश श्रेष्ठ, नाजिर हुसेन, बुद्धि तमाङ लगायतको मुख्य भूमिका रहनेछ। यसै फिल्मबाट विनिशा भण्डारी र बाल कलाकार मनीष लिम्बूले फिल्ममा डेब्यु गर्दै छन्।

केही वर्ष अगाडिको सफल फिल्म वीर विक्रमसँग नाम मिले पनि यस फिल्म उक्त वीर विक्रमको सिक्वोल नभएको निर्देशक चाम्सले बताए। उनले भने, ‘नाम मिल्न गएको हो। तर, यस फिल्म वीर विक्रमको सिक्वोल हैन।' उनका अनुसार यस फिल्ममा पनि मित्रताको कथा प्रस्तुत गरिनेछ।

चाम्स इन्टरटेन्टमेन्ट र लण्डन सिने आईको संयुक्त व्यानरमा निर्माण हुने यस फिल्ममा अर्पण थापा सह निर्मताको रुपमा रहेका छन्। प्रदीप भारद्वाजको पटकथा समावेश यस फिल्ममा रंजित गजमेर, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बूको संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा हिमाल केसीको द्वन्द्व रहनेछ। कात्तिक २६ गतेबाट छायांकन प्रारम्भ गरिने यस फिल्मलाई सुदीप बरालले खिच्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.