|

काठमाडौं : फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो। भीडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ। त्यहिँ शैलीमा बुलबुलको गीत सार्वजनिक गरिएको हो।

निर्माण युनिटले काठमाडौंको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट फ्ल्यास मोब शैलीमा गीत सार्वजनिक गरेको हो। काठमाडौं मलमा भने फिल्मकी नायिका स्वस्तिमा खड्काले नृत्य प्रस्तुत गरेकी थिइन्।

सार्वजनिक ‘खुद्रा खाद्री माया’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ। गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा स्वस्तिमा खड्का र मुकुन भुसालले अभिनय गरेका छन्। 

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा नायिका स्वस्तिमा खड्का टेम्पो चालकको भूमिकामा रहेकी छन्। निर्देशक पौडेलकै कथा समावेश रहेको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दीपक क्षत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टी भट्टराईको पनि अभिनय रहेको छ।

हेर्नुहोस्, गीत भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.