|

कालिकोट : सरकारले ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय स्थानमध्ये कर्णाली प्रदेशका १० जिल्लाका केही स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यहरूमध्ये १२ वटा स्थान कर्णालीका छनोट गरेको हाे।

सरकारले पर्यटकीय क्षेत्रको विकास गर्नका लागि नयाँ गन्तव्य रूपमा कर्णाली १२ स्थान नयाँ गन्तव्यमा सूचीकृत भएका छन्। 

कुन-कुन हुन् कर्णालीका नयाँ गन्तव्यस्थान 

सल्यानको कुपिण्डे दह, डोल्पाको त्रिपुरासुन्दरी, जुम्लाको चन्दननाथमा रहेको डुडल्ली स्तुपा, हुम्लाका लिमी उपत्यका, रारा शे-फोक्सुण्डो ट्रयाक, कालिकोटको पचालझरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखको कोतगढी पंचदेवल बेलासपुर महावु क्षेत्र, सुर्खेतका जाजुरा दह, गुप्ता ताल, मादले गुफा, शिव गुफा र गिद्देडाँडा नयाँ पर्यटकीय क्षेत्रमा परेका छन्।

रुकुमको बोदामकोट चित्रे पाटन साहसिक पर्यटकीय नयाँ गन्तव्य सूचीकृतमा परेका छन्। त्यस्तै यसभन्दा अघि पहिचान गरिएका पर्यटन प्रवर्द्धनका लागि जुम्लाको सिंजा सभ्यता, डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज, मुगुको रारा ताल, दैलेखको पंचकोशी धार्मिक पर्यटन, सुर्खेतको काँक्रेबिहार, देउतीबज्यै र मदन-आश्रित पार्कलाई सूचीकृत गरेको छ।

सरकारले ओझेलमा पर्यटकीय छानेर भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ। त्यसै आधारमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.