|

भक्तपुर : तिहारलाई फूल र बत्तीको झिलिमिलीको पर्वको रुपमा लिइन्छ। बत्तीका लागि मैनबत्तीका साथै दियो बाल्ने प्रचलन छ। यस पर्वमा माटोको दियो बनेको विशेष महत्त्व छ।

नजिकिँदै आएको तिहारका लागि भक्तपुरका कुमालेहरु यतिबेला पाला (माटोका दियो) बनाउन व्यस्त छन्। तालाको, सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकलगायत कुमालेहरुले बस्तीमा माटाको भाँडा बनाउने कामलाई थाती राखी पाला बनाउन जुटेका छन्।

तिहारको एक सिजनमा मात्र प्रतिव्यक्तिले लाखौं रुपैयाँ आम्दानी गर्दछन्। यहाँ उत्पादित पाला काठमाडौं उपत्यकामा मात्र नभएर पोखरा, हेटौडा र त्रिशुलीमा समेत निर्यात गरिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.