|

काठमाडौं: नेताहरु सामान्य उपचार गर्न पनि विदेश जाने प्रचलन बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्वदेशकै सरकारी अस्पतालमा कम खर्चमा उपचार गरिरहेका छन्।

भाइरल ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गत सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत छन्।

मनमोहन कार्डियोथेरासिस तथा भास्कुलर सेन्टरका अनुसार हालसम्म प्रधानमन्त्री ओलीको उपचारमा लगभग ५० हजार खर्च भएको छ। उपचारमा संलग्न चिकित्सकहरुले बताए अनुसार उनको स्वास्थ्य बिहीबारदेखि पूर्णरुपमा राम्रो भैसकेको भनिए पनि उनी अझै अस्पताल कै सीसीयुमा नै छन्।  चिकित्सकले जानाकारी दिए अनुसार उनको आज बेलुकी वा भोलि सम्ममा डिस्चार्ज हुने बताएका छन्।

प्राय विदेशमा उपचार गर्न जाने प्रधानमन्त्री ओली यही उपचार गर्न विदेश गएको भए कम्तिमा पनि १० लाख खर्च हुने थियो। तर यसपाली स्वदेशमा नै सरकारी अस्पतालमा विदेश सरह नै उनको उपचार भएको छ।

गत सोमबारदेखि  सिसियुमा भर्ना भएका प्रधानमन्त्रीलार्इ अस्पतालमा राखेको दैनिक वेड चार्ज तीन हजार रुपैयाँ लाग्ने र अन्य औषधी खर्चले गर्दा आज सम्मको उनको उपचार खर्च धेरैमा ५० हजार मात्र भएको उनको उपचारमा संलग्न चिकित्सक प्राडा अरुण सायमीले बताए।

उनले भने 'हाल उहाँलाई राखिएको मनमोहन कार्डियोको सीसीयुको बेडचार्ज एकदिनको तीन हजार हो, तर उहाँले खाने औषधी अलि महंगो हुन्छ। बेड चार्ज र औषधीको खर्च गर्दा लगभग ५० हजारमा उहाँको उपचार खर्च पुरा हुन्छ, यही उपचार बिदेशका गएर गरेको भए कम्तिमा पनि १० लाख लाग्थ्यो।'

प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छ। डाक्टर सिंह प्रधानमन्त्रीकी नीजी चिकित्सक पनि हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.