|

काठमाडौं : वि. सं. २०३४ बाट निरन्तर चियापान कार्यक्रमको आयोजना गर्दै आएको नेपाली कांग्रेसले यस वर्ष पनि भव्यताका साथमा चियापान कार्यक्रमको आयोजना गरेको छ। प्रत्येक वर्ष कांग्रेसले दशैँ, तिहार र छठको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ।

तत्कालीन सभापति विपी कोइरालाले २०३४ सालमा सुरु गरेको चियापान कार्यक्रमलाई नेपाली कांग्रेसले शुक्रबार पनि निरन्तरता दियो। चियापान कार्यक्रमको ४१ वर्षे इतिहासमा कांग्रेसले यो कार्यक्रमलाई पहिलो पटक विकेन्द्रीकरण पनि गरेको छ।

प्रत्येक वर्ष दशैँ, तिहार, छठ जस्ता पर्वका बेला पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान कार्यक्रम यस वर्ष भने देशभर केन्द्रीय कार्यालय र ७३ वटा जिल्लामा एकै साथ आयोजना गर्‍यो। सर्लाहीमा भर्खरै कांग्रेस कार्यकर्ता रामविलास महतोको झडपमा मृत्यु भएका कारण उक्त जिल्लामा आयोजना हुन सकेन।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको चियापान कार्यक्रममा उपस्थित पाहुनालाई कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूले स्वागत गरेका थिए।

पार्टी कार्यालय सानेपामा गरिएको चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झालगायतका नेताहरू पुगेका थिए।

का‌ंग्रेसको चियापान फोटोमा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.