|

काठमाडौं : गायिका दुर्गा साउदले  ‘कालीकाली’ गीतको भिडियो बजारमा ल्याएकी छिन्। काठमाडौंमा शुक्रबार अायोजित कार्यक्रममा नेकपाका नेता शेरबहादुर तामाङ र सांसद उषाकला राईले गीतको भिडियो सार्वजनिक गरे।

गरिएको उक्त गीतको भिडियो सार्वजनिक गर्दै पूर्वमन्त्री तामाङ्ले गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिकपनलाई उतारिएको बताए । उनले गीत उत्कृष्ट हुने विश्वाससमेत व्यक्त गरे ।

मोडर्न स्टार टिभीको प्रस्तुतिमा रहेको गीतमा गायिका साउदकै शब्द र संगीत छ। अावाजमा उनलाई सघाएका छन्,सुशील सिलवालले। म्युजिक भिडियो गौरव गिरीले निर्देशन गरेका हुन्। भिडियो उत्तम हुमागाँईले क्यामेरामा कैद गरेका हुन्। 

गीतको भिडियोमा मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय छ । त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन्। 

हेर्नुहोस् भिडियो–

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.