|

जाजरकोट : जुनिचाँदे ४ का दरिबान खड्का काठमाडौं पढ्ने छोरीलाई फोन गर्न हप्तामा एक दिन घरबाट आधा घण्टा हिँडेर डाँडामा गई रूखमा चढ्छ्न्। उनी रूखमा चढेको देख्दा बाहिरबाट आएका बटुवाले घाँस काट्न गएको हो कि भनेर सोध्ने गर्छन्, तर खड्का फोन गर्न रूख चढेको भने पनि बटुवा अनौठो मान्दै यस्तो पनि हुन्छ भन्दै आफ्नो फोन हेर्ने गरेको उनको भनाइ छ।

दैनिक रूख र डाँडामा गएर फोन गर्दा दिक्क लाग्ने गरेको अर्का स्थानीयवासी रामबहादुर खड्काले बताए। छोरा, छोरी आफन्तबाहिर भएकाहरू बढी अग्ला डाँडा र रूखमा गएर फोन बाध्य हुनुपरेको खड्काको भनाइ छ। यहाँ घट्ना घटेमासमेत डाँडामै गएर फोन गर्दा पीडा दिने व्यक्ति फरार भइसकेको अनुभूति यहाँका स्थानीयसँग छ। मोबाइल भनेरका गीत सुन्ने र फिलिम हेर्नेबाहेक अरू काम नभएको अर्का स्थानीय देवबहादुर खड्काले बताए। मोवाइल चार्ज गर्नसमेत विद्यालय, पसलमा जानुपर्ने बाध्यता रहेको कालीहादुर बस्नेतको भनाइ छ। रूखमा फोन गर्दा आफैँलाई अप्ठ्यारो भएको यहाँका स्थानीयको भनाइ छ। पोहोर साल मात्र रूखमा चढेर फोन गर्दा, गर्दै हावा चल्दा एकजना खसेर घाइते भएको कालीबहादुरको भनाइ छ।

जुनिचाँदे गाउँपालिकाका ११ वटाहरू सञ्चार सुविधाको अभावमा दैनिक पीडा पोखिरहेका छन्। स्थानीय सरकार गठन भएदेखि प्रत्येक महिना फोनका टावर विस्तारका लागि केन्द्र, क्षेत्र, जिल्लामा रहेका टेलिकमका कार्यालयमा गएर समस्या समाधान गर्न आग्रह गरिएको भए पनि कसैले नसुनेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पीडा सुनाए। गाउँमा आएदेखि सञ्चार सेवा नहुँदा कत्तै सम्पर्क गर्न नपाएको उनको भनाइ छ। यहाँका विद्यालय, सरकारी कार्यालय र हजारौँ नागरिकहरू सञ्चारको अभावमा १६ औँ शताब्दीमा भएको महसुस गरेको बताउँदै आएका छन्। सदरमुकाम खलंगाबाट गाडीमा २ दिनको यात्रामा पुग्न सकिने जुनिचाँदेमा राज्यले सौतेनि व्यवहार गरेको गाउँपालिका वडा ४ का जयकृष्ण खड्का बताउँछन्।

सञ्चार सेवा नहुँदा कर्मचारीहरू स्थानीय तहमा बस्नसमेत नमान्ने गरेको गाउँपालिकाले बताएको छ। रेडियो मात्र हल्का सुनिने यो ठाउँमा उत्पादन गरिएका केही सामग्री मात्र सडक सञ्जाल जोडिए संगै वजार पाउँन थालेका छन्। एक गाउँबाट अर्को गाउँमा जाँनका लागि मात्र घण्टौँ लाग्छ , फोन भएको भए एकै छिनमा हुँने काम दिनभरी लाग्ने गरेको जुनिका हिमाल घर्तीले बताए। त्यस्तै छेडागाड नगरपालिकाका अधिकांश वडाहरुमा सञ्चार सेवा नहुँदा समस्य भएको नगरप्रमुख लालबहादुर महतराले बताए। जसलाई भने पनि मागको सम्बोधन नहुँदा समस्या भएको उनको दुखेसो छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.