|

सिन्धुली : बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –४ ढुंग्रेवासमा शुक्रवार राति तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

सिन्धुली गढी तर्फबाट सिन्धुलीमाढी आउदै गरेको बा५६प ७१९१ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा कमलामाई नगरपालिका–२ भद्रकाली निबुवाटार बस्ने १९ वर्षीय सरोज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। 

दुर्घटनामा परी कमलामाई नगरपालिका –४ का २१ बर्षिया मोहन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरी उपरीक्षक यादवले जनाए। 

कमलामाई नगरपालिका ७ का २७ वर्षीय सुमित नेपाली सामान्य घाइते भएका छन् । सिन्धुली अस्पताल सिन्धुलीमा उपचार उनको भइरहेको छ। 

तीनै जना शुक्रवार राति ११ बजे गाँजा सेवन र मद्यपान गरी मोटरसाइकलमा सिन्धुली आउँदै  थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक यादवले बताए। 
    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.