|

पोखरा : तिहारले छपक्कै छोपीसकेको छ। फूल फुलिसकेका छन्। केहीले आफ्नै घरमा आफूलाई चाहिने फूल फुलाएका छन् भने घरमा नहुनेले किन्न थालिसकेका छन्।

शुक्रबारबाट पोखरा सभागृहमा पुष्प प्रदर्शनी चलिरहेको छ।  चार दिनसम्म चल्ने उक्त प्रदर्शनीमा पोखरेलीले तिहारमा चाहिने र घर सजाउन फूलहरू धमाधम किनिरहेका छन्। पोखरामा फ्लोरिकल्चर एशोसिएशन नेपालको कास्की शाखाले चौँथो गोदाबरी प्रदर्शनी, पुष्प व्यापार मेला तथा गण्डकी प्रदेशस्तरीय प्रथम पुष्प व्यापार मेला आयोजना गरेको हो। यहाँ ३०० सम्मका फूलहरू बिक्रीका लागि राखिएको सयथुंगा लामा नर्सरी पोखराका सञ्चालक लामा दाइले जानकारी दिए। ‘फूल किन्ने मानिसहरू आइरहेका छन्,’ उनले भने, ‘आफूलाई मन परेका फूल, गमला, अन्य फलफूलका विरुवा पनि किनेर लगिरहेका छन्।'  

हाम्रोमा प्लास्टिकको गमलाको चाहिँ फरक फरक मूल्य छ। अरु सिमेन्टको गमलाको चाहिँ सानोको फूलसहित एक हजार र ठूलो चाहिँ गमलालाई नै एक हजारमा बिक्री भइरहेको छ। ’पुष्प मेलामा राम्रा राम्रा फूलहरु किन्न पाइएकाे छ' पोखराका होटल व्यवसायी धर्मपन्थीले भने। 

पोखरामा मात्रै दुई करोड हाराहारीको फूलहरु बिक्री हुने अनुमानसमेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.