|

काठमाडौं : वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले शनिबार पनि सेवा प्रदान गरेको छ।

सार्वजनिक विदाको दिन भए पनि काठमाडौं कार्यालयले शनिबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा प्रदान गरेको हो। कार्यालयका अनुसार शनिबार ३०० बढीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारीमा सेवाग्राहीको चाप अत्याधिक भएकाले शनिबार पनि कार्यालय खुल्ला गरी काम गरेको कार्यालयका निमित्त प्रमुख युवराज खतिवडाले जानकारी दिए।

अन्य दिन बिहान ८ बजेदेखि साँझ साढे ७ बजेसम्म सेवा प्रदान गर्ने गरेको भए पनि सार्वजनिक बिदा भएकाले शनिबार बिहान १० देखि ३ बजेसम्म मात्रै सेवा प्रदान गरेको उनले बताए। विश्वका श्रम गन्तव्य भनी छानिएका मुलुकमा जाने नेपाली श्रमिकका लागि यस कार्यलयले श्रम स्वीकृति दिने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.