|

स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोना संभावित हारबाट नाटकिय पुनरागमन गर्न सफल भएको छ। रेलिगेशन जोनमा रहेको रायो भालोकानोविरुद्ध ८७ औं मिनेटसम्म पछि परेको बार्सिलोना त्यसपछि नाटकिय पुनरागनम गर्दे ३–२ को जित निकाल्यो।

बार्सिलोनाले खेलको १० अौं मिनेटमा अग्रता लिएको थियो । लुइस सुआरेजले जोर्डी अल्बाक पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको ३५ औं मिनेटमा घरेलु टोली भालेकानोले बराबरी गोल फर्कायो। जोसे पोजोको गोलसँगै पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको थियो।

दोस्रो हाफमा भालेकानोले अग्रता लियो। ५७ अौं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि बार्सिलोना दबाबमा देखियो। तरअन्तिम तीन मिनेट समयमा दुई गोल गरेपछि खेलमा बार्सिलोना महत्वपुर्ण तीन अंक लिन सफल भयो। ८७ अौं मिनेटमा ओस्मान डेम्बेलेले बराबरी गोल गर्दा ९० औं मिनेटमा सुआरेजले टिमका लागि विजयी गोल गरे। 

जितसँगै बार्सिलोना अंक तालिकामा ४ अंकको अग्रता बनाउदै शीर्ष स्थानमा रहेको छ। बार्सिलोना ११ खेलमा २४ अंक बनाउन सफल भएको छ। एट्लेटिको म्याड्रिड समान खेलमा २० अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको अलाभेस २० अंक सहित तेस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.