|

उदयपुर : कटारी नगरपालिका ४ का महिलाहरूले आफूमाथि प्रहरीले हातपात गरेको आरोप लगाएका छन्। उदयपुरको कसरमस सिमेन्टको चुनढुंगाको विषयमा विवाद हुँदा गएराति कटारीको मरूपमा खोलामा प्रहरीले आफूहरूमाथि हातपात र लाठीचार्ज गरेको आरोप लगाएका हुन्छ।

कटारी नगरपालिका ५ मरुवा खोलाका स्थानीय रिसव पौडेले इलाका प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुवकुमार श्रेष्ठको कमाण्डमा आएको टोलीले लाठीचार्ज गरेको बताए। ‘गएको तीन चार दिनदेखि कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो,’ उनले भने, ‘गएराति स्थानीयले त्यही रोकिएको टिपर खुलाउने गएको प्रहरीले गोली हान्छु, मार्छु भन्दै लाठीचार्ज गरेर महिलामाथि हातपात गरेको हो।’

प्रहरीको लाठ्ठी लार्जले कटारी–४ मरुवा खोलकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताए। ‘प्रहरीले रक्सी खाएर गएर राति रोकेको टिपर खुलाउने बहानामा स्थानीय महिलालाई कुटपिट गरी घाइते बनाए,’ उनले भने, ‘महिलाहरुको ढाड, टाउको र पिडुँलामा लाठी हानी कपडा च्यातिदिँदै प्रहरीले गालीगलौज गर्‍यो।’

घाइते राधिका राउतले प्रहरीका डीएसपीले जिल्लाबाट एसपी सा'बको आदेश भन्दै लाठी हानेको बताए। ‘हामीले भोलि बिहान छलफल गरेर मात्र टिपर सञ्चालन हुन दिने भनेका थियौँ,’ उनले भनिन्, ‘जिल्लाबाट एसपीसावको आदेशभन्दै डिएसपीले लाठी हानी घाइते बनायो। मेरो ढाडमा लाग्यो।’

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्वकुमार श्रेष्ठले चुनढुंगाको टिपर खुलाउने क्रममा रातीको समय भएकाले केही महिलामाथि छलापार हुन गएको बताए। ‘त्यहाँ पुरै जाँडरक्सी खाएर युवाहरुको अराजक समुहले टिपर रोकेको थियो,’ उनले भने, ‘पछि हामी गएर खुलाउने क्रममा युवाहरूलाई पक्राउ गर्‍यो, महिलाहरू झुम्मिएर आए। त्यही भीडमा महिलामाथि हातपात हुन गयो।’

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले आफूले विवाद भएको ठाँउबाट कटारी डिएसपी श्रेष्ठले जानकारी नदिएको बताए। ‘मैले त्यहाँ वडाध्यक्षले भनेपछि थाहा पाएँ', उनले भने, 'राति रोकिएको टिपर खुलाउनै नहुने डीएसपी सा'बले लाठीचार्ज गरेर एसपीको आदेश भन्न पाइँदैन।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आफूलाई घट्नाको बारेमा थाहा नभएको जानकारी  दिए। ‘प्रहरीले विवाद भएका ठाँउमा के के गर्छ गर्छ थाहा नै हुँदैन,’ उनले भने, ‘विवाद भएपछि मात्र मलाई जानकारी दिन्छ।’ घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्किएका छन्। 

यस्तो थियो विवाद

सिद्धिचरण लोकमार्गमा पर्ने कटारी घुर्मी सडकमै कटारी नगरपालिका ८ वडमीमा कसमस सिमेन्टको चुनढु‌गा उत्खनन् स्थल छ। त्यहीँबाट कसमस सिमेन्टले टिपरबाट चुनढुंगा ढुवानी गर्छ। कसमले सिद्धिचरण लोकमार्गको करिब १० किलोमिटर सडकमा टिपर आतंक बढेको छ। त्यही आतंकपछि स्थानीयले नगरपालिकामा उजुरी गरेका थिए। 

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टिपर ढुवानी गर्न गएको शुक्रबार र शनिबार छलफल गरेर वैकल्पिक सडक प्रयोग गर्ने भनिएको थियो। ‘वड्मीबाट ककुर खोला हुँदै सडक प्रयोग गर्ने भनिएको थियो,’ उनले भने, ‘त्यही सडक प्रयोग गर्नु पर्ने थियो, तर, कसमसले प्रहरीको बलमा स्थानीयलाई पेल्न खोज्दा झडप भएको हो।’

छलफल हुँदा पानी छिटेर वैकल्पिक सडक प्रयोग गर्ने सहमति कसमसले तोड्ला समस्या भएको सरोकारवालाको भनाइ छ। बिहानै स्थानीय प्रहरीविरुद्ध सडकमा आन्दोलनमा उत्रिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.