|

बैतडी : मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नामदर्ता गराउने र उनीहरुलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ।  

बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरूले मोबाइल मार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गरिरहेका छन्।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुका लागि सजिलो भएको छ। संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको संख्यामा वृद्धि नभएपनि मोबाइलबाटै नाम दर्ता गराउनेको संख्या पनि बढेको जिल्ला स्वासथ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाईजर डिल्लीरमण जोसीले जानकारी दिए।  

अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइलबाटै दर्ता गरेका छ।  जिल्ला स्वास्थ्य कार्यालयले मोबाइल प्रदान गरेपछि महिला स्वास्थ्य स्वयंसेविकाहरूले एसएमएसमार्फत गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरूलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

जिल्लाका ८३१ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल वितरण गरिएको र स्थानीय तहहरुले उनीहरूको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ। स्वयंसेविकाहरुले आफूसंग भएको मोबाइलमा गर्भवती महिलाको नाम 'इन्ट्री' गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उनीहरुको नाम इन्ट्री हुने र गर्भवती महिलालाई चार,६,८ र ९ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जान्छ।

म्यासेजको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले महिलाहरुलाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाईजर जोसीले जानकारी दिए। आफूहरुले मोबाइल मार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको श्रीकोटका महिला स्वास्थ्य स्वयंसेविका गोमती विष्टले बताइन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.