समाज

डोजरले खोस्यो स्थानीयको रोजगारी, काम खोज्न भारत जाने तयारी
SHARES

कात्तिक १८, २०७५

    जाजरकोट : बारेकोट गाउँपालिका बन्डालाका रामबहादुर कुमाई तिहार मनाएर भारत जाने तयारीमा छन्। उनीसँगै गाउँका अन्य स्थानीयहरु तिहारलगत्तै रोजगारीका लागि भारत जाने तयारी गरिरहेका छन्। रोजगारीका लागि भारत जानु उनीहरुको बाध्यता बनेको छ।

    गाउँमा नै बसेका युवाहरु पनि भलिबल खेलेर दिन कटाउने गरेको कामीले बताए। काम नभएकाले उनीहरु खेलेरै बसेका हुन्। उनीहरुको घर नजिकै लैखमदेखि सेपुखोलासम्म सडक निर्माणको काम भइरहेको छ। तर, उक्त योजनामा स्थानीयले काम नपाएको सक्लाका कालीवहादुर नेपालीले बताए। सडक निर्माणमा डोजर र स्काभेटर प्रयोग गरिएकाले स्थानीयहरु कामविहीन भएका हुन्। एउटै वडामा चारभन्दा बढी डोजर सडक निर्माणमा प्रयोग भइरहेको कालीबहादुरले बताए। उनले भने, ‘यति धेरै डोजर प्रयोग भएपछि हामीले कहाँ काम पाउनु।’

    अघिल्लो वर्ष पनि काम नपाएको र यस वर्ष पनि सडक खन्न डोजर प्रयोग गरिएकाले काम नपाउने निश्चित भएको स्थानीयको भनाइ छ। ‘सडक निर्माणको काम धमाधम भइरहेको छ तर स्थानीयहरु कामको खोजीमा भारत पलाएन हुँदैछन्,’ लैखमका जयवहादुर खत्रीले भने, ‘यो रहर नभई बाध्यता हो।’

    सडक निर्माणमा जनप्रतिनिधिकै निर्देशनमा डोजर प्रयोग भएको स्थानीयको आरोप छ। ‘भोट माग्दा रोजगारी सिर्जना गर्छौं भन्दै भोट मागे,’ बारेकोट काउलीका प्रेमबहादुर बुढाले दुखेसो पोखे, ‘अहिले सडकको काम समेत गर्न दिएका छैन्न।’ सस्तो रकमका काम गर्नेलाई नदिएर महँगोमा जनप्रतिनिधिको आफन्तलाई आयोजनाको जिम्मा दिइएको स्थानीयको आरोप छ।

    हचुवाका भरमा निर्माण

    गाउँगाउँमा खनिएका सडकहरु वातावरणीय प्रभाव मुल्यांकनविना नै खनिएका छन् । यसरी जथाभावी खनिएका सडकले जिल्लाका अधिकांश भागमा जोखिम बढको छ। जमिन कमजोर हुँदा बर्खायाममा जनधनको क्षति भएको नलगाड नगरपालिका–४ का हर्कवहादुर पुनले बताए।
     
    करोडौं रुपैयाँ लगानी गरेर बर्सेनि सडक खनिए पनि सडक प्रयोग गर्न सक्ने अवस्था नभएको स्थानीयको भनाइ छ। अध्ययनविना निर्माण गरिएका सडक वर्षायाममा आएको पानीको भेलले भत्काउने, पहिरोले पर्ने गरेकाले उक्त रकम खेर गइरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]