हुम्ला : हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ। गत वर्षहरूमा पुसदेखि हिमपात शुरु हुन्थ्यो।
अाइतबार बिहान हिमपातसँगै हुम्लामा चिसो बढेको छ भने तापक्रम माइनसमा झरेको छ। शनिबार दिउँसोबाट आकाश बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेदेखि हुम्लामा हिमपात हु नथालेको हो ।
बालीनाली घर नभित्र्याएका कारण किसान हिमपातका कारण चिन्तित बनेका छन्। कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए। आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।