उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा

|

सिमकोट : गते हुम्ला लगायतका हिमाली जिल्लाहरुमा बिहानबाट हिमपात सुरु भएको छ। हुम्लामा भने आइतबार बिहान साढे ६ बजेबाट यस वर्षकै पहिलोपटक हिमपात भएको हो। हिमपात हुँदा हुम्लाका उतरी सिमान जोडिएको चीनको ताक्लाकोटमा भने व्यापारीहरू अलपत्रमा परेको तिब्तको ताक्लाकोटबाट व्यापारी दावा लामाले टेलिफोनमार्फत जानकारी दिए। हिमपातले उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम भने माइनसमा झरेको छ। उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो बढेको छ।

हिमपात सँगै हवाईजहाजको उडान समेत बन्द भएको छ। हिमपात भएर हिल्सा सिमकोट सडक खण्डको नारा लेक पनि बन्द भई सामान ढुवानीका साधनसहित व्यापरी सर्वसाधरण समेत नेपालममा फर्कन समस्या भएको ताक्लाकोटमा व्यापार गर्दै आएका सिमकोट २ निवासी लालु भण्डारीले बताए।

उनले हुम्लाको उतरी सिमान हिल्सासँग जोडिएको तिब्तको ताक्लाकोटकै सडक भएर व्यापारी सामानसहित मानिस आउने भएकाले हिमपातकै कारणले कसरी नेपालमा छिर्ने चिन्ता व्यक्त गरेका छन्। नेपाल तर्फको कच्ची सडक बिग्रेको र नारा लेकमा बाटो बन्द भएकै कारणले सडक निर्माण नहुँदासम्म जिल्लामा आउने सामानसहित व्यापारीसमेत तिब्बतको ताक्लाकोटमा थन्किनुपरेको अर्का व्यापरी लामु लामाले बताइन्।

एक्किसी हिमपात हुँदा कात्तिके बालीनाली घरमा भित्र्याउनसमेत किसानहरूलाई समस्या पारेको ताँजकोट गाउँपलिका-३ निवासी परिमल नेपालीले चिन्ता व्यक्त गरे। हुम्लाका उतरी उच्च भूभागमा सेताम्य बाक्लो हिउँले ढाकिएको माहावौद्ध मावि याल्वाङ्गबाट शिक्षिका विमला शाहीले बताइन्। लगातार हिउँ पर्न थालेपछि गाउँघरबाट ग्राहक तथा सेवाग्राही जिल्ला सदरमुकाममा नआउँदा सदरमुकाम सुनसानजस्तो भएको थियो। सरकारी गैरसरकारी कार्यालयहरुमा भने आगो तापेर कार्यालय संचालन गरेका छन्। आइतबार सिमकोटको तापक्रम माइनस १० डिग्रीमा झरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.